फ्ल्यास ब्याक प्रतिनिधिसभा निर्वाचन २०७४ : यी जिल्लामा थियो माओवादीको पकड
फरकधार / २० साउन, २०७९
फाइल तस्वीर

प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ दुई चरणमा सम्पन्न भएको थियो । मंसिर १० र २१ गते गरी प्रत्यक्ष तर्फको निर्वाचन सम्पन्न भएको थियो । प्रतिनिधिसभाका २७५ सदस्यहरूको चयन दुई तरिकाले गरिने व्यवस्था नेपालको संविधानले गरेको छ ।

जसमध्ये १६५ सदस्यको चयन निर्वाचन क्षेत्रबाट पहिलो मतदान गरेर निर्वाचित गरिन्छ । बाँकी ११० सदस्यको चयन एक राष्ट्रव्यापी निर्वाचन क्षेत्रबाट बन्द सूचीको समानुपातिक प्रतिनिधित्वद्वारा गरिन्छ ।

२०७४ मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टी एकता गरी बाम गठबन्धनको गठन गरेको थियो । यद्यपि तत्कालीन नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईको निर्वाचन सिट सुनिश्चित नभएपछि उनले गठबन्धन त्याग गरेका थिए । अन्तिममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा माले र राष्ट्रिय जनमोर्चा मिलेर चुनावी बाम गठबन्धन बनेको थियो ।



२०७४ को संघीय निर्वाचनमा प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये एमालेले ८० सिट जितेर पहिलो दल बनेको थियो । समानुपातिक तर्फको मतसमेत गरेर प्रतिनिधिसभामा एमाले सबैभन्दा ठूलो दल बनेको थियो ।



माओवादीले ३६ सिट प्रत्यक्षतर्फ जितेको थियो भने समानुपातिक मतसमेत जोडेर तेस्रो स्थानमा थियो । यस्तै, नेपाली कांग्रेसले प्रत्यक्षतर्फ २३ सिट जितेको थियो भने समानुपातिक मतसमेत जोड्दा कांग्रेस दोस्रो दल बनेको थियो ।

वाम गठबन्धनको प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ ५९ सिट पाएको थियो । जसमध्ये ३६ वटा निर्वाचन क्षेत्रमा मात्रै उसले जित हाँसिल गरेको थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट जित हात पारेका थिए । रोल्पा–१ बाट वर्षमान पुन, कञ्चनपुर–१ बाट बिना मगर निर्वाचित भएका थिए । 

रौतहट–३ बाट प्रभु साह, कैलाली–४ बाट लेखराज भट्ट, अर्घाखाँची–१ बाट टोपबहादुर रायमाझी र कैलाली–३ बाट गौरीशंकर चौधरी माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका थिए । तर, अहिले उनीहरू नेकपा एमालेमा पुगेका छन् ।

माओवादी केन्द्रले २० ७४ मा प्रतिनिधिसभा सदस्यका प्रत्यक्षतर्फ जितेका निर्वाचन क्षेत्रहरू :

१) ललितपुर–३, पम्फा भुसाल

२) रामेछाप–१, श्यामकुमार श्रेष्ठ

३) काभ्रे–१, गंगाबहादुर तामाङ

४) सिन्धुली–२, हरिवोलप्रसाद गजुरेल

५) सिन्धुपाल्चोक–१, अग्निप्रसाद सापकोटा

६) नुवाकोट–१, हितबहादुर तामाङ

७) चितवन–३, पुष्पकमल दाहाल प्रचण्ड

८) गोरखा–१, हरिराज अधिकारी

९) लमजुङ–१, देवप्रसाद गुरुङ

१०) वाग्लुङ–२, देवेन्द्र पौडेल

११) रुकुम (पश्चिम)–१, जनार्दन शर्मा

१२) सल्यान–१, टेकबहादुर बस्नेत

१३) जुम्ला–१, गजेन्द्रबहादुर महत

१४) कालीकोट–१, दुर्गाबहादुर रावत

१५) जाजरकोट–१, शक्तिबहादुर बस्नेत

१६) उदयपुर–२, सुरेशकुमार राई

१७) झापा–१, सुरेन्द्रकुमार कार्की

१८) भोजपुर–१, सुदन किराती

१९) मोरङ–५, शिवकुमार मण्डल (केवट)

२०) मोरङ–४, अमनलाल मोदी

२१) सोलुखुम्बु–१, हेमकुमार राई

२२) अर्घाखाँची–१, टोपबहादुर रायमाझी

२३) कपिलवस्तु–१, चक्रपाणी खनाल

२४) दाङ–२, कृष्णबहादुर महरा

२५) बर्दिया–२, सन्तकुमार थारु

२६) बाँके–१, महेश्वरजंग गहतराज (अथक)

२७) रोल्पा–१, वर्षमान पुन

२८) कञ्चनपुर–१, बिना मगर

२९) कैलाली–३, गौरीशंकर चौधरी

३०) कैलाली–४, लेखराज भट्ट 

३१) सिरहा–२, सुरेसचन्द्र दास

३२) धनुषा–१, मातृकाप्रसाद यादव

३३) रौतहट–३, प्रभु साह

३४) सर्लाही–३, रामेश्वर राय यादव

३५) महोत्तरी–१, गिरिराजमणी पोखरेल

३६) रुकुम (पूर्व)–१, कमला रोका

  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार १६:३१:१,   अन्तिम अपडेट : साउन २०, २०७९ शुक्रबार १६:३५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया