मेलिनाले तोडिन् वराइलीसँगको इन्गेज्मेन्ट

गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग गरेको इन्गेजमेन्ट तोडेकी छन् । आफूहरूबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेज्मेन्ट तोड्ने निर्णय गरेको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी हुन् ।

उनले धेरै समीक्षा तथा आत्मासमीक्षापछि इन्गेज्मेन्ट तोड्ने निर्णयमा पुगेको उल्लेख गरेकी छन् । सबै इन्गेज्मेन्ट विवाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी अवस्था नरहेको उनको भनाइ छ । उनले आजकै मितिबाट बराइलीसँगको गरेको ​इन्गेज्मेन्ट तोडिएको पनि सामाजिक सञ्जालमार्फत घोषणा गरेकी छन् ।

उनले लेखेकी छिन्

केही समय अगाडि मैले आफ्नो इन्गेज्मेन्ट गरेको कुरा यसै सामाजिक सञ्जालमार्फत घोषणा गरेको थिएँ । त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो । समय छोटै भए पनि  जिन्दगीको बारेमा लामो विमर्श भयो ।

हामीबीच वैचारिक पक्षमा स्पष्ट मतभेद देखिन थाल्यो अर्थात हाम्रो विचारमा मेल खान सकेन । धेरै समीक्षा आत्मा समीक्षापछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो । फेरि सबै इन्गेज्मेन्टहरु विवाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ ।

त्यसैले आजकै मितिबाट हामी बीचको इन्गेज्मेन्ट तोडिएको कुरा म  फेरि यहि सामाजिक सञ्जालमार्फत सार्वजानिक गर्दछु । यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु, साथै भविष्यमा अझ मिहिनेत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।





  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार १७:२४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया