ओलीले भने - एमाले हार्दा देश हार्छ
फाइल तस्वीर

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले हार्नै नमिल्ने बताएका छन् ।

आफ्नो पार्टीले सो निर्वाचन हार्दा देशले हार्ने भएकाले जित्नैपर्ने अवस्था आइपरेको अध्यक्ष ओलीको जिकिर थियो ।

पार्टीको उपत्यका विशेष प्रदेश कमिटीले शुक्रबार भक्तपुरको बोडेमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले देशलाई हार्न नदिनका लागि पनि आफ्नो पार्टीले आगामी निर्वाचन जित्नैपर्ने भन्दै त्यसको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशनसमेत दिए ।

‘मुख्य फोकसचाहिँ निर्वाचनको तयारीमा काम गर्ने हो । अहिलेको निर्वाचन हामीले हार्न मिल्दैन । आगामी निर्वाचनमा हामीले हार्नै मिल्दैन' उनले भने 'एमालेले हार्दा देश हार्छ । एमालेले जित्नैपर्ने कारण के छ भने देश जिताउनुपर्नेछ । देशलाई हार्न दिनुहुने छैन ।'

सत्तारुढ गठबन्धन र यसका नेताले देशलाई दूगर्तिमा डुबाएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसबाट देशलाई जोगाउन पनि आफूहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विजयी हुनुको विकल्प नभएको दोहोर्‍याए ।

उनले सत्तारुढ गठबन्धनका आवद्ध नेताहरुले आ–आफ्ना स्वार्थका लागि देशविरुद्ध जस्तासुकै कुकर्म गर्न पनि पछि नपर्ने आरोप लगाए ।



गठबन्धनका नेताहरू शेरबहादुर देउवाको गन्तव्य मेडम साहेव भएको, प्रचण्डको गन्तव्य सुपुत्री भएको, मोहन विक्रम सिंहको गन्तव्य प्युठान भएको भन्दै ओलीले ठट्यौली पारामा उनीहरुबाट देशको हित नहुने दाबी गरे ।

'एक वर्षमा यो परमादेशी गठबन्धन सरकारले देशलाई यसरी दूगर्तिमा लगेको छ । निर्लज्ज हुने गरी भ्रष्टाचारमा डुबाएको छ । यिनको कुनै गन्तव्य नै छैन' उनले भने 'अब मोहन विक्रम सिंहको गन्तव्य प्युठान । शेरबहादुरको गन्तव्य के हो भन्दा मेडम साहेव । प्रचण्डको गन्तव्य के हो भन्दा सुपुत्री । यस्तायस्ता गन्तव्य लिएर हिँडका छन यिनीहरु ।’ 



अध्यक्ष ओलीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले संगठित ढंगले इमान्दार प्रयास गर्न सके बहुमत प्राप्त गर्न सक्ने सम्भावना रहेको दाबी गरे । पार्टीको सरकार नढल्नका लागि पनि लागि आगामी निर्वाचनमा बहुमत चाहिने र त्यसका लागि इमान्दार प्रयास पार्टीका नेता, कार्यकर्ताले गर्नुपर्ने उनले बताए ।

अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई हुँदाहुँदै एमालेले गरेको विघटन बदर गर्ने र अरुले गरेको विघटनलाई सदर गर्ने काम अदालतले गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे ।

‘सरकार गठन गरेपछि पनि अप्ठयारो नपर्ने गरी हामीले बहुमतको सरकार बनाउनु पर्दछ । तर, भने फेरि अदालतको प्रयोग गरेर हामीलाई अप्ठयारो पार्न सक्दछन् । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको अधिकार हो । तर व्यक्तिको अनुहार हेरेर सर्वोच्च अदालतले समेत फैसला गर्ने गरेको छ’ उनले भने ।

अध्यक्ष ओलीले मुलुकलाई समृद्ध बनाउने आकांक्षा एमालेले लिएको र त्यसैलाई पूरा गरेरै छोड्ने दृढता समेत व्यक्त गरे ।

  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार १८:२८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया