सत्ता सञ्चालनको कुरा दिल्लीमा होइन, जनताको बीचमा हुनुपर्छ : बिजुक्छे
फाइल तस्वीर

नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले अहिलेको सत्तारुढ दलहरु जनताको बिरुद्धमा गएको आरोप बताएका छन् ।

शुक्रबार पोखरामा पत्रकारसँग भेटघाट कार्यक्रममा उहाँले यस्तो बताएका हुन् । उनले अहिलेको सरकार वामपन्थीहरु तोड्न दक्षिणपन्थी मिल्न नपाउने बताए । राजनीतिक पार्टीहरु चुनावअघि जनतामाझ लगेका घोषणापत्र कार्यान्वयन गर्नमा नलागेको उनको भनाइ थियो ।

अध्यक्ष बिजुक्छेले चुनावमा गठबन्धन गर्नुभन्दा पहिले चुनाव घोषणापत्र आवश्यक रहेको बताए । उनले चुनावलाई कसरी लेजाने ? देशमा ती पार्टीहरुको बहुमत आयो भने सरकारमा गयो भने के काम जनताका निम्ति गर्ने ? देशको निम्ति गर्ने त्यो, स्पष्ट भाषामा आउन जरुरी रहेको बताए ।

उनले अहिलेका कम्युनिष्ट पार्टीहरु जनताको अभिमतलाई कुल्चिएर, जनताको आदेशलाई उल्लंघन गरेर कहिले काँग्रेससँग र कहिले राप्रपासँग मिल्ने गरेको भन्दै यो सिद्धान्त विपरितको कुरा भएको बताए ।

अध्यक्ष बिजुक्छेले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै सत्ता सञ्चालनको कुरा दिल्लीमा नभइ जनताको बीचमा हुनुपर्ने बताए ।





  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार १९:२३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया