समाज परिवर्तन गर्नसक्ने चलचित्र निर्माण गर्न आवश्यक छः मन्त्री श्रेष्ठ
फाइल तस्वीर

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले समाज परिवर्तन गर्नसक्ने चलचित्रको विकास र निर्माण गर्न जरुरी रहेको बताएकी छन् ।

शुक्रबार २२ औं विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंमा आयोजित आदिवासी चलचित्र प्रदर्शनसहित विशेष सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

मन्त्री श्रेष्ठले हरेक समयमा युग सुहाउँदो चलचित्र हुनुपर्ने बताइन् । उनले विज्ञान प्रविधिको भरपूर प्रयोग भएको र स्थानीय संस्कृति र पहिचान झल्कने किसिमको चलचित्र निर्माण गर्नुपर्ने आवश्यक रहेको बताइन् ।

उनले समाजमा भइरहेका घटनाहरूलाई समेटेर समाज परिवर्तन गर्न मद्दत पुग्ने किसिमका कथावस्तु समेटिएको चलचित्र नेपाली समाजमा आवश्यक रहेको बताइन । उनले समाजको परिवर्तनका लागि लड्ने मानिसको चलचित्र उतार्न आवश्यक रहेको बताइन् ।

मन्त्री श्रेष्ठले माइतीघर भन्ने स्थानमा नेपाली चलचित्र माइतीघरको ठूलो बोर्ड राखेको र सहचालकहरूले माइतीघर बोलाउन थालेसँगै पछि माइतीघर नै नामकरण भएको बताइन् ।





  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार १९:३५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया