विपदबाट जनधनको क्षति हुन नदिने गरी तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन
फाइल तस्वीर

गृहमन्त्री बालकृष्ण खाणले विपदको घटनामा जनधनको क्षति हुन नदिन तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

शुक्रबार गृहमन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री खाणले विपद जुनसुकै बेला आउन सक्ने भएकोले पुर्वसूचना प्रणालीलाई चुस्त बनाउँदै तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

बैठकमा उपस्थित विषयगत मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरुलाई गृहमन्त्री खाणले जिल्लास्तरीय मातहतका निकायलाई समन्वयात्मक ढंगले काम गर्नेगरि संयन्त्र बनाउन पनि निर्देशन दिए । 

मनसुन जन्य विपदले निम्त्याउने जोखिम हरेक वर्ष बढिरहेको अवस्थालाई मध्य नजर गर्दै सबै निकायले आफूसंग भएका पुर्व सूचनालाई बाँडेर काम गर्न पनि गृहमन्त्री खाणले निर्देशन दिए ।

विपदजन्य जोखिमविरुद्ध लड्न एक्लै सम्भव नभएकोले स्थानीय सरकार र प्रदेश सरकारसँग मिलेर योजना बनाएर काम गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई उनले निर्देशन दिए ।

मनसुनको सिजनमा सबैभन्दा पहिला बाटो बिग्रने र अवरोध सृजना हुने भएकोले स्थानीय बाटो सडकलाई बिग्रन नदिने बिग्रिहाले समयमा नै मर्मत गर्ने अवरोध हटाउन विशेष ध्यान दिएर काम गर्न सबै निकायलाई उनले निर्देशन दिए ।



यस्तै, बैठकले विपदसम्बन्धी कोष परिचालन गर्ने कार्यविधि पास गरेको छ । विपदसम्बन्धी कोष परिचालन गर्ने कार्यविधि पास भए पछि सरकारले बनाएको कोषबाट रकम निकालेर राहत उद्धारमा आवश्यक खर्च गर्न अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्ने अवस्था हटेको छ ।



  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार २०:५२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया