भारतलाई लगातार दोस्रो पटक साफ यू-२० को उपाधि

घरेलु टोली भारतले साफ यू-२० च्याम्पियनसिपको उपाधि जितेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रबार भएको फाइनलमा बंगलादेशलाई अतिरिक्त समयमा ५-२ गोल अन्तरले हराउँदै भारत लगातार दोस्रो पटक विजेता बनेको हो ।

भारतलाई जित दिलाउन गुर्किरत सिंहले चार तथा हिमान्सु जान्ग्राले एक गोल गरे । बंगलादेशका मोहमद रोजन र शाहीम मियाले एक/एक गोल गरे ।

रोमान्चक खेलमा सुरुवाती अग्रता भारतले नै बनाएको थियो । दोस्रो मिनेटमा गुर्किरत सिंहले पेनाल्टीमार्फत गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा मोहमद रोजनले बंगलादेशलाई १-१ गोलको बराबरीमा ल्याए ।

 ४८ औं मिनेटमा शाहीम मियाले गोल गर्दै बंगलादेशलाई २-१ को अग्रता दिलाए ।  ६० औं मिनेटमा गुर्किरतले व्यक्तिगत दोस्रो गोल भारतलाई २-२ को बराबरीमा ल्याए ।

त्यसपछि खेलको निर्धारित ९० मिनेटमा थप गोल हुन नसक्दा खेल अतिरिक्त  समयमा धकेलिएको थियो । अतिरिक्त समयमा भारतले तीन गोल थप्यो ।  ९२ औं मिनेटमा हिमान्सुले गोल गर्दै भारतलाई ३-२ को अग्रता दिलाए ।

९३ औं मिनेटमा गुर्किरतले ह्याट्रिक पूरा गर्दा भारत ४-२ ले अघि बढ्यो ।  ९९ औं  मिनेटमा गुर्किरतले व्यक्तिगत चौंथो गोल गर्दै भारतलाई ५-२ को जित दिलाए । यस जितसँगै भारतले लिग चरणमा व्यहोरेको हारको बदला पनि  लिएको छ ।



बंगलादेशले लिग चरणमा भारतलाई २-१ ले हराएको थियो । 



  • प्रकाशित मिति : साउन २१, २०७९ शनिबार ७:१४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया