डा. केसीमाथि योगेशको कटाक्ष– ‘डाक्टरसाब, तपाईंले मेडिकल साइन्स मात्र पढ्नुभएछ, एकपटक विश्वभरका संसद्का तागतको इतिहास पढ्नुस्’

काठमाडौं– नेकपा नेता योगेश भट्टराईले अनशनरत डा. गोविन्द केसीलाई विश्वभरका संसद्को इतिहास पढ्न सुझाएका छन् । केसीले संसद्को तागत र गरिमा बुझ्न नसकेको उनको आरोप छ । 

महाराजगन्ज चिकित्सा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले बिहीबार आयोजना गरेको ‘चिकित्सा शिक्षा विधेयक’ विषयक अन्तर्क्रियामा बोल्दै भट्टराईले डा. केसीलाई विश्वभरका संसद्को इतिहास र तागतबारे अध्ययन गर्न भनेका हुन् । ‘डाक्टरसाब, तपाईंले मेडिकल साइन्स मात्र पढ्नुभएछ,’ केसीप्रति कटाक्ष गर्दै योगेशले भने, ‘एकपटक विश्वभरका संसद्का तागतको इतिहास पढ्नुस् ।’

‘जनताबाट निर्वाचित सांसदलाई तिमी को हौ भन्ने केसी को हुन् ?’ डा. केसीले जनताबाट निर्वाचित सार्वभौम संसद्का सदस्यलाई तथानाम गाली गरेको भन्दै नेता भट्टराईले प्रश्न गरे, ‘केसीलाई पटकपटक संसद्को मानहानी गर्ने अधिकार कसले दियो ?’

शुक्रबार हरहालतमा संसद्बाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित हुने ठोकुवा गर्दै उनले केसीका अधिकांश जायज माग समेटिएकाले चिकित्सा शिक्षा विधेयकलाई केसीले पनि स्वागत गर्नुपर्ने बताए ।





  • प्रकाशित मिति : माघ १०, २०७५ बिहीबार २१:४७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया