अन्तरिक्षबाट नेपालसहित दक्षिण एसियाको वातावरण किन फरक देखिन्छ ?

अन्तरिक्षबाट दक्षिण एसियाका देशहरूको मौसम अन्य देशको तुलनतामा केही भिन्दै रहेको पाइएको छ । यसको असर नेपालको काठमाडौँ तथा तराई क्षेत्रमा पनि पर्न गएको छ । जुन हावामा फर्मलडिहाइड मिलेको पाइएको छ । रंगहीन हुने ग्यास प्राकृतिक रूपमा वनस्पतिले उत्सर्जन गर्दछन् । साथै, प्रदूषण फैलाउने गतिविधिबाट यो ग्यासको उत्पन्न हुन्छ । युरोपको नयाँ सेन्टिनेल ५ पी उपग्रहले वायुमण्डलमा बढेको ग्यासको अवलोकनका साथै गुणवत्व पत्ता लगाएको हाे । यसमा प्राप्त जानकारीका आधारमा वायुमण्डल सफा गर्ने नीति बनाउन सहयोग मिल्छ ।

के हो फर्मलडिहाइड ?

वायुमण्डलमा नाइट्रोजन तथा अक्सिजनको तुलनामा फर्मलडिहाइडको सिग्नल धेरै कमजोर हुन्छ । हावामा केही मात्रामा फर्मलडिहाइडका अणु रहेका हुन्छन् । रोयल बेल्जियन इन्स्टिट्युट फर स्पेस एरोनमीका अनुसार पछिल्लो भूउपग्रहमा अन्य प्रदूषणको संकेत हुन सक्ने बताइएको छ । फर्मलडिहाइडमा धेरै प्रकारका अस्थिर जैविक यौगिक हुन्छ । वनस्पति प्राकृतिक स्रोत हो । तर, आगो वा प्रदूषणका कारण तिनीहरूमा यसको मात्रा बढ्ने गर्दछ ।

हुन त यो कुनै निश्चित क्षेत्रमा निर्भर हुन्छ । तर, ५० देखि ८० प्रतिशत सिग्नल जैविक स्रोतबाट आउँछ । तर, सिग्नल योभन्दा बढी भएमा यसको पछाडि प्रदूषण वा आगोकोे कारण रहेको हुन्छ । जंगलमा कोइला वा दाउरा जलाउँदा यस्तो हुन जान्छ । भारतमा खेतीपातीमा आगो लगाउने प्रचलन धेरै रहेको पाइएको छ ।

कस्तो हुन्छ खतरा ?

अस्थिर जैविक यौगिक जीवाश्म इन्धनसँग जल्दा नाइट्रोजन डाइअक्साइड पैदा हुन्छ । सूर्यको प्रकाशको सम्पर्कमा आउँदा प्रतिक्रिया भएर जमिन सतहमा ओजोन निर्माण हुन्छ । जमिनको सतहमा ओजोन ग्यासले जीवहरूलाई स्वास फेर्न कठिनाइ ल्याउँछ । यसका साथै स्वास्थ्यमा अनेक समस्या देखा पर्दछ । माथिको तस्बिरबाट के थाहा पाउन सकिन्छ भने हिमालय पर्वतले मैदानी भागबाट बहेर गएको हावालाई उत्तर जानबाट रोकेको छ ।



नक्शामा उत्तर–पश्चिम भारतमा फर्मलडिहाइड घनत्व कम देखिएको छ । राजस्थानका मरुभूमिमा वनस्पति पनि कम रहेको छ । कति प्रभाव छ सेनिटल ५ पीको भूउपग्रह ? सेनिटल ५ पी युरोपियन स्पेस एजेन्सीले युरोपियन युनियनको कपरनिकस अर्थ मनोनिटिङ कार्यक्रमका लागि लन्च गरिएको थियो । ट्रोपोमी उपकरणले वायुमण्डलमा रहेको फर्मलडिहाइडको अलवा नाइट्रोजन अक्साइड, ओजोन, सल्फरडाइअक्साइड, मिथेन, कार्बन, मानोअक्साइड र एरोसोल्स सानो वाफका कणको अंश पत्ता लगाउन सकिन्छ । यी सबै ग्यासले हावालाई प्रभावित गर्दछन् । जसको कारण हामीलाई सास र्फन गाह्रो हुन जान्छ ।

ट्रापोमी उपकरण आफ्नो पूर्ववर्ती सिस्टम ओमीभन्दा उत्कृष्ट छ । ओमीले अझै पनि काम गरिरहेको छ । यसले अमेरिका स्पेस एजेन्सीको एक उपग्रहको साथ पृथ्वीको साथ चक्कर लगाइरहेको हुन्छ । डाक्टर डी स्मेट भन्छिन्, ‘हामीसँग पहिलाभन्दा राम्रा डाटा रहेका छन् । तर, यो स्तरको जानकारी जम्मा गर्नका लागि कैयाैँ दिनसम्म अध्ययन गर्नुपर्दछ । याने कि कैयौँ बर्षसम्म ।’ उनी भन्छिन्, ‘भारतको नयाँ नक्सामा चार महिनाको डाटा छ । ट्रोपीमा एक महिना गर्न काम ओमीलाई ५ महिना लाग्ने गर्दछ । अब हामीले तीव्र गतिमा जानकारी पाउँछौँ । हामी सानो स्तरमा हुने उत्र्सजनमाथि पनि ख्याल गर्न सक्छाैं । यस्तो संकेत पहिले राम्रोसँग देखिँदैन थियो ।



उदाहरणका लागि हामीलाई तेहरानमा हुने उत्सर्जन हेर्नका लागि १० वर्षको डाटा आवश्यक पर्दछ । यो नक्सामा ४ महिनाको मात्र ट्रोपीमा डाटा रहेको छ । एक टेस्ट पछि सेनिटल ५ पीले पूर्ण रूपले काम गर्न थाल्छ । केही महिनापछि यसले नाइट्रोजन अक्साइड र कार्बनमोनोक्साइडको डाटा पनि संकलन गर्न सुरु गर्छ । यसको नतिजाका लागि सधैँ जाडो महिनासम्म कुर्नुपर्छ ।

  • प्रकाशित मिति : माघ १०, २०७५ बिहीबार २३:३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया