आजका लागि समय पाएका यी आवेदकले सोमबार र मंगलबार राहदानीको आवेदन पेस गर्न पाउने
फाइल तस्बिर

राहदानी (पासपोर्ट) लिनको लागि प्रत्येक दिन ११ बजे आवेदन फारम खुल्ने गरेको छ । गत मंगलबारबाट सुरु गरिएको यस व्यवस्थामा आज(आइतबार) का लागि प्राविधिक त्रुटीका कारण अत्यधिक मात्रामा अपोइन्टमेन्ट भएकाले त्यसलाई सोमबार र मंगलबारका लागि फारम पेस गर्ने मिति तोकिएको राहदानी विभागले एक सूचना जारी गर्दै जनाएको छ । 

विभागले आवेदन फारममा उल्लेख भएको अपोइन्टमेन्टहरु ००:००, ००:३०, १:३०, २:००, २:३०, ३:००, ३:३०, ४:०० र ४:३० लाई आजका लागि आवेदन फारम पेस गर्ने मिति तोकेको छ । 

यस्तै, आइतबार नै भएका अपोइन्टमेन्टहरु ५:००, ५:३०, ६:००, ६:३०, ७:००, ७:३०, ८:००, ८:३०, ९:०० र ९:३० लाई सोमबार र १०:००, १०:३०, ११:००, ११:३०, १२:००, १२:३०, १३:००, १२:३०, १४:०० र १४:३० को अपोइन्टमेन्टहरुलाई  मंगलबार आवेदन फारम पेस गर्ने मिति तोकिएको विभागले जनाएको छ । 

विभागले एमआरपीको बहाल अवधि १ वर्षभन्दा कम भएमा मात्र राहदानी नवीकरणको लागि विद्युतीय राहदानीमा आवेदन गर्न सकिने जनाएको छ । 





  • प्रकाशित मिति : साउन २२, २०७९ आइतबार ८:२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया