पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

मध्यपहाडी लोकमार्गको बागलुङ सडकखण्ड अवरुद्ध भएको छ । लोकमार्गको निसीखोला गाउँपालिका–४ स्थित कालाखेतमा भीषण पहिरो खस्दा यातायातका साधानहरू ठप्प भएका छन् ।  

पहिरोका कारण गएरातिदेखि सडक अवरुद्ध भएको निसीखोला गाउँपालिका–४ का वडाध्यक्ष टीकानिधि पौडेलले बताए । निसीखोला गाउँपालिका पहलमा पहिरो पन्छाउने कार्य तत्कालै सुरु गर्ने वडा अध्यक्ष पौडेलको भनाइ छ ।

पहिरो निकै ठूलो भएको हुँदा सडक खुलाउन केही समय लाग्नसक्ने अध्यक्ष पौडेलको भनाइ छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरक्षिक इन्द्रबहादुर रानाले सडक तत्कालै खुलाउनका लागि डोजर परिचलान गर्न थालिएको बताए ।  





  • प्रकाशित मिति : साउन २२, २०७९ आइतबार ८:४८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया