घिन लाग्दो फिल्ममा काम गर्दिन : अक्षय कुमार

अभिनेता अक्षय कुमार अभिनीत फिल्म ‘रक्षा बन्धन’ यही अगस्ट ११ मा रिलिज हुँदै छ । फिल्मलाई सेन्सर बोर्डले ‘यू’ सर्टिफिकेट दिइसकेको छ । फिल्मको कथा एक दाजु र उनका चार बहिनी वरपर घुमेको छ ।

अक्षयले आफ्ना फ्यानलाई आफू ‘घिनलाग्दो’ फिल्म नबनाउने र त्यस्ता फिल्ममा अभिनय पनि नगर्ने बताएका छन् । ‘म अलग अलग किसिमका कथामा अघि बढ्न चाहन्छु । म कुनै पनि किसिमको छवि बनाउन चाहँदिनँ । मैले काम गर्ने भनेको पारिवारिक फिल्ममा नै हो । घिन लाग्दो फिल्ममा काम गर्दिनँ,’ उनले भनेका छन् ।

उनले आफ्नो प्रयासबिना कुनै झन्झट परिवारसँग बसेर हेर्ने खालको फिल्ममा केन्द्रित रहेको उल्लेख गरेका छन् । अक्षयको यो फिल्म र आमिर खानको ‘लाल सिंह चड्डा’ एकै दिन रिलिज हुँदै छ ।





  • प्रकाशित मिति : साउन २२, २०७९ आइतबार ९:११:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया