सेना र प्रहरी छनोटका लागि एकैपटक लोक सेवा परीक्षा हुनुपर्छ : सांसद कर्ण

नेकपा (एकीकृत समाजवादी) की सांसद डा. पुष्पा कुमारी कर्ण कायस्थले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी छनोटका लागि लोकसेवा आयोगले लिने परीक्षा एकैपटक हुने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।  

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कायस्थले सरकारी सेवा प्रवेशका लागि लिइने परीक्षा व्यवस्थित बनाउनुपर्ने दायित्व भएकाले सरकारले सोअनुसारको परीक्षा लोक सेवा आयोगबाट लिने व्यवस्था गर्नुपर्ने माग गरेकी हुन् । 

उनले आयोगले लिने परीक्षालाई सहज बनाउन पनि सरकारले ध्यान दिनुपर्ने आवश्यक्ता पनि औंल्याइन् । सांसद कायस्थले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान पनि सरकारलाई दवाव दिइन् । 

‘लोक सेवा आयोगको काम एवम् तौरतरिकामा भने समयानुकूल सुधार हुनु जरुरी छ । लोक सेवाको सूचना प्रकाशित भएपछि हाम्रा युवायुवतीहरू फारम भर्न दश ठाउँमा पुग्नुपर्ने वा दशौं कार्यालयका लागि आवेदन दिनुपर्ने बाध्यता छ । यसबाट हाम्रा युवायुवतीहरूको महत्वपूर्ण समय खेर जाने तथा सिमित स्रोत एवम् स्रोतको दुरुपयोग नै भएको छ । परीक्षार्थीले आवेदन दस्तुर, अध्ययन सामग्री खरिद तथा ट्युसन फिका लागि धेरै धनराशी खर्च गर्नु परेको छ । देशका प्रमुख शहरहरुमा ट्युसन कक्षाको व्यापार मौलाएको छ,’ उनले भनिन् । 

सांसद कायस्थले अगाडि भनिन्, ‘उच्च तहका प्रशासक एवं कर्मचारीको महत्वपूर्ण समय ट्युसन कक्षामा व्यथित हुने तथा राज्यले ती प्रशासक तथा कर्मचारीबाट अपेक्षित प्रतिफल नपाइरहेको अवस्था छ । युवायुवतीलाई सार्वजनिक प्रशासन वा सरकारी सेवामा प्रवेशका लागि पटकपटक दिनुपर्ने कार्यले पाठ्यक्रम अनुसारको पाठ्य सामग्री अध्ययन गर्नुपर्ने तथा अध्ययन सामग्री खरिद गर्नुपर्दा एक किसिमको हैरानी वा तनाव भएको छ ।’

उनले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत नागरिकले पाउने सुविधा सहज ढंगले पाउन नसकेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराइन् । 





  • प्रकाशित मिति : साउन २२, २०७९ आइतबार १३:१४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया