देशभर थप ५५३ जनामा कोरोना पुष्टि, ५६५९ सक्रिय संक्रमित
फाइल तस्वीर

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ५५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८९ स्वाब परीक्षण गर्दा ५५३ जनामा कोरोना पुष्टि भएको हो ।

त्यसमध्ये आरटी पिसिआर विधिबाट ४४१ तथा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०२ जनामा संक्रमण पाइएको हो । 

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि ज्यान गएको छैन । देशभरबाट ४३३ जना निको भएको मन्त्रालयले जनाएको छ । 

देशमा हाल ५ हजार ६५९ सक्रिय संक्रमित रहेका छन् ।





  • प्रकाशित मिति : साउन २२, २०७९ आइतबार १५:५१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया