प्रिमियर लिग : युनाइटेड घरेलु मैदानमै पराजित

इंग्लिस प्रिमियर लिगअन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित भएको थियो । ऊ ओल्ड ट्राफोर्डमा ब्राइटनसँग २–१ ले पराजित भएको हो ।

ब्राइटनलाई जित दिलाउन दुवै गोल पास्कल ग्रोबले गर्दा युनाइटेडले एक गोल आत्मघाती उपहारस्वरूप प्राप्त गरेको थियो । निकै रोमाञ्चक बनेको खेलको ३०औं  र ३९औं मिनेटमा ग्रोबले गोल गर्दै ब्राइटनलाई पहिलो हाफमा २–० को अग्रता दिलाएको थिए ।

६८औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरले आत्मघाती गोल गरेपछि युनाइटेडले खेलमा फर्कने संकेत दिएको थियो । तर, त्यसपछि थप गोल निस्कन नसक्दा घरेलु टोली २–१ ले पारजित हुन पुग्यो ।

जितसँगै ब्राइटनले तीन अंक जोड्दा युनाइटेडले भने हारबाट लिगको सुरूवात गरेको छ । त्यस्तै, लिगअन्तर्गत आजै सम्पन्न खेलमा लेस्टर सिटी र ब्रेन्टफोर्डले २-२ को बराबरी खेलेका छन् ।





  • प्रकाशित मिति : साउन २२, २०७९ आइतबार २०:४८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया