इंग्लिस क्लब चेल्सीका जर्मन फरवार्ड टिमो वेर्नेर आरबी लाइप्जिग फर्कने भएका छन् । उनी दुई सिजन चेल्सीमा बिताएर जर्मन क्लब लाइप्जिग फर्कन लागेका हुन् ।
उनको अनुबन्धका लागि दुवै टोलीबीच सहमती भएको बताइएको छ । चेल्सीमा नियमित स्थान बनाउन नसकेपछि उनले क्लब छाड्न लागेका हुन् ।
वेर्नेर २०२० मा लाइप्जिगबाटै स्टामफोर्ड ब्रिज भित्रिएका थिए । चेल्सी आउनुअघि उनले जर्मन क्लबका लागि १५९ खेलमा ९५ गोल गर्नुका साथ ४० गोलका लागि अवसर सिर्जना गरेका थिए ।
२६ वर्षीय फरवार्ड वेर्नेरले ५६ प्रिमियर लिग खेलमा १० गोल गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।