अमेरिका भन्छ– युक्रेन युद्धमा ८० हजार रुसी सैनिकको मृत्यु भएको हुनसक्छ
फरकधार / २४ साउन, २०७९
यो सामग्री सेयर गर्नुहोस्

२४ फेब्रुअरीमा युक्रेनमाथि भएको रुसी हमलामा अहिलेसम्म ८० हजार रुसी मारिएका र ठूलो संख्यामा घाइते भएका हुनसक्ने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका एक वरिष्ठ अधिकारीले बताएका  छन् ।



‘६ महिनाभन्दा कम अवधिको समयमा ७० देखि ८० हजार रुसीको मृत्यु भएको हुन सक्छ,’ रक्षा मन्त्रालयका उपसचिव कोलिन कहलले भने । 



यो अवधिमा रुसी सेनाले तीनदेखि चार सशस्त्र वाहनहरू पनि गुमाएको उनले बताए । युद्धको सुरुमा रुसीहरूले राष्ट्रपति भ्लादमिर पुटिनको लक्ष्य प्राप्त गर्न नसकेको पनि उनले दाबी  गरेका छन् ।



रुसले युक्रेनविरुद्धको हमला तीव्र पारिहेका बेला किभलाई पश्चिमा देशहरूले अत्याधुनिक हतियार उपलब्ध गराउँदै आएका छन् ।  







  • प्रकाशित मिति : साउन २४, २०७९ मंगलबार ६:४५:७,   अन्तिम अपडेट : साउन २४, २०७९ मंगलबार ६:४६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया