लगातारको वर्षाले हेलम्बु राजमार्गको विभिन्न स्थानमा पहिरो जाँदा सिपाघाट–मेलम्ची सडकखण्ड अवरुद्ध भएको छ । जाल्पा क्रसर, रवि क्रसर, लामा क्रसरलगायत स्थानमा पहिरो गएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।
मेलम्ची नगरपालिकाका विपद् स्रोत व्यक्ति सुजन दुलालले अवरुद्ध सडक खुलाउन उपकरण पठाएको र केही समयमै यातायात सञ्चालन हुने बताए ।
वर्षाले शनिबार बिहानदेखि अवरुद्ध मेलम्चीबाट हेलम्बु यातायात सेवा पनि नियमित हुनसकेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।