एकातिर करार शिक्षकको आन्दोलन चर्कंदै, अर्कोतिर पदपूर्तिका लागि विज्ञापन

महोत्तरीको बर्दिबास नगरपालिकाले करार शिक्षक पदमुक्त गरेपछि आन्दोलन चर्किँदै गएको छ । नगरले करारमा कार्यरत ६२ जना शिक्षकलाई पदमुक्त गरेपछि  मेयर प्रह्लाद क्षेत्रीलाई ज्ञापनपत्र बुझाउनुका साथै चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।

राजनीतिक दलहरूले पनि करार शिक्षकलाई हटाउन नहुने धारणा सार्वजनिक गरेका छन् । 

सोमबार बसेको सर्वदलीय बैठकले करारका शिक्षकलाई पुनर्बहाली फर्काउन माग गरिएको माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले जानकारी दिए । तर, नगरपालिकाले भने ७८ जना शिक्षक पदपूर्तिका लागि विज्ञापन निकालेको छ । 

माध्यमिक तहका लागि ३८, निम्न माध्यमिक तहका लागि १९, प्राथमिक तहका लागि चार र कम्प्युटर सहायक शिक्षक १० जना गरी ७८ जनाका लागि बुधबार दरखास्त आह्वान गरिएको छ । 





  • प्रकाशित मिति : साउन २४, २०७९ मंगलबार ७:५६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया