प्रतिनिधिसभा निर्वाचनमा लुम्बिनी : माओवादी र एमालेको साइज उस्तै, गठबन्धनले एमालेलाई सकस

१२ जिल्ला रहेको लुम्बिनी प्रदेशमा प्रतिनिधिसभाका लागि २६ वटा निर्वाचन क्षेत्र तोकिएको छ । प्रतिनिधिसभा निर्वाचन २०७४ मा लुम्बिनीमा नेकपा एमालेले १२ स्थानमा जितेको थियो । 

त्यस्तै, सो निर्वाचनमा माओवादी केन्द्रले सात निर्वाचन क्षेत्रमा सफलता प्राप्त गर्‍यो । नेपाली कांग्रेस भने ५ निर्वाचन क्षेत्रमा सीमित भयो । अन्य दुई स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । तत्कालिन समयमा वाम गठबन्धन गरेर निर्वाचनमा गएको एमाले र माओवादीले प्रतिनिधिसभामा उत्साहजनक मत पाएका थिए । 

लुम्बिनी प्रदेशमा प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ सिट तोकिएको छ । २०७४ को प्रदेशसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा वाम गठबन्धनको तर्फबाट एमालेले ३२ सिटमा उम्मेदवारी दिएकोमा २८ सिटमा विजयी भएको थियो । 

समानुपातिकतर्फ एमालेबाट १३ जना सदस्य निर्वाचित भएका थिए । समग्रमा प्रदेशसभामा एमालेबाट ४१ जना सांसद निर्वाचित भएका थिए । वाम गठबन्धनकै तर्फबाट माओवादी केन्द्रले २० स्थानमा उम्मेदवारी दिएकोमा १४ स्थानमा जित हासिल गर्‍यो । समानुपातिकतर्फ ६ जना सदस्य निर्वाचित गरेको थियो ।

कांग्रेसले ५१ स्थानमा उम्मेदवारी दिएकोमा ७ स्थानमा मात्र निर्वाचन जित्न सफल भयो । कांग्रेसले समानुपातिकतर्फ १२ जना सदस्य निर्वाचित गरेर तेस्रो पार्टी भएको थियो ।  

स्थानीय तहको निर्वाचन २०७९ सम्म आइपुग्दा लुम्बिनी प्रदेशमा अन्य प्रदेशमा जस्तै कांग्रेसले अग्रता कायम नै गरेको छ । लुम्बिनी प्रदेश यसअघि ४३ पालिका जितेर प्रथम बन्न सफल एमालेको स्थान अहिले कांग्रेसले लिएको छ । 



यसअघि ३३ पालिका जितेको कांग्रेसले यसपटक ४७ पालिका जितेको छ भने एमालेले २७ पालिका मात्र जितेर दोस्रो बन्यो । यसअघि १९ पालिका जितेको माओवादी यसपटक २५ पालिका मात्र जित्न सफल भयो । स्थानीय  तहको निर्वाचनजस्तै प्रदेश र संघको निर्वाचनमा पनि मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धन र नेकपा एमालेबीच हुने देखिन्छ । 

गठबन्धनकै कारण एमालेले विगतको विरासत गुमाउनु परेको एमालेकै नेताहरू स्वीकार गर्छन् । स्थानीय तहको मत विश्लेषण गर्दा ४७ पालिका प्रमुख जितेर कांग्रेस अग्रस्थानमा छ । एमालेले २७ स्थानमा पालिका प्रमुख जितको छ भने माओवादी केन्द्रले २५ स्थानमा पालिका प्रमुख जितेको छ । 



तुलनात्मक रूपमा एमाले र माओवादीको पालिका प्रमुखको संख्या २ अंकले मात्र फरक छ । स्थानीय तहको निर्वाचनजस्तै प्रदेश र संघको निर्वाचनमा पनि मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धन र नेकपा एमालेबीच हुने देखिन्छ । 

गठबन्धनका शीर्ष नेताहरूबीच तालमेल गरेर संघ र प्रदेशको चुनावमा एमालेसँग भिड्ने सहमति भइसकेको छ ।

यो पनि– प्रतिनिधिसभा निर्वाचन : प्रधानमन्त्री देउवाको गृहप्रदेशमा कुन पार्टीको पल्लाभारी?

यो पनि– प्रतिनिधिसभा निर्वाचन : स्थानीय चुनावको नतिजाले उत्साहित गठबन्धन, तेस्रोमा खुम्चिने त्रासमा एमाले

  • प्रकाशित मिति : साउन २४, २०७९ मंगलबार ११:२७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया