परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै

परराष्ट्रमन्त्री डा. नारायण खड्का आज चीन जाँदै छन् । उनी चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणमा चीन जान लागेका हुन् । 

उनको चीन भ्रमण तीन दिनको रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अमेरिकी सभामुखको ताइवान भ्रमणलाई लिएर चीन र ताइवानबीच तनाव बढिरहेका बेला परराष्ट्रमन्त्री खड्काले गर्न लागेको चीन भ्रमणलाई विशेष चासोको रूपमा हेरिएको छ । 

भ्रमणका बेला दुई देशका विदेशमन्त्री द्विपक्षीय बैठकमा सहभागी हुनेछन् । बैठक साउन २५ गत हुनेछ । भ्रमणका बेला खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङले रात्रिभोजको आयोजना गर्नेछन् ।  





  • प्रकाशित मिति : साउन २४, २०७९ मंगलबार १०:५२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया