उम्मेदवारको समान हैसियत हुनेगरी समाचार प्रसारण नगर्ने सञ्चारमाध्यमलाई स्पष्टीकरण सोध्छौँ : प्रमुख आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा सबै उम्मेदवारहरुको समान हैसियत हुनेगरी समाचार प्रसारण तथा प्रकाशित गर्न सञ्चार माध्यामलाई आग्रह गरेका छन् । 

विगतमा कतिपय अवस्थामा राजनीतिक दल र तिनका उम्मेदवारलाई निर्वाचनको सिद्धान्तविपरीत फरक–फरक हैसियत हुनेगरी समाचार प्रेषित हुने गरेको पाइएको उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा त्यस्तो विभेद नगरी समाचार प्रसारण तथा प्रकाशन गर्न सञ्चार माध्यामलाई आग्रह गरेका हुन् । 

स्थानीय तह निर्वाचन २०७९ को प्रगति समिक्षा गर्नका लागि मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफैसँग साझेदारी गरिरहेको सञ्चारमाध्यमसँग निर्वाचन आयोगले स्पष्टीकरण लिनुपर्ने अवस्था आउन नदिन पनि सञ्चारमाध्यमहरुलाई सचेत गराए । 

स्थानीय तह निर्वाचनमा जस्तो मतदातालाई समस्या हुने खालको मतपत्र प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा नहुने उनले स्पष्ट पारे । प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, सञ्चारमाध्यमले सबैप्रति समान व्यवहार गरिएको छ भन्ने हिसाबले सहयोग गरिदिनुपर्यो । तपाईंहरुलाई स्पष्टीकरण सोध्दा हामीलाई कति पीडा हुन्छ । त्यस्तो अवस्था आउन नदिने कुरामा ध्यान दिनुहोला ।’





  • प्रकाशित मिति : साउन २४, २०७९ मंगलबार १९:२४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया