नेपालमा हरेक वर्ष पाँच लाख व्यक्ति रोजगारीको खोजीमा

नेपाल उद्योग परिसंघले नेपालमा हरेक वर्ष पाँच लाख व्यक्ति रोजगारीको खोजीमा हुने गरेको जनाएको छ । परिसंघले मंगलबार गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो ।
 
परिसंघले कात्तिक १७ गते देखि २० गतेसम्म सिएनआई रोजगार तथा सीप मेला गर्ने भएको छ । चारदिने मेलामा २ सयभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी सहभागी हुने परिसंघले बताएको छ । 

आगामी कात्तिक १७ गतेदेखि २० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सिएनआई रोजगार तथा सीप मेला– २०२२ हुने जानकारी पत्रकार सम्मेलनमा दिइयो । 

पत्रकार सम्मेलनमा बोल्दै परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारले मेलामा सीप विकाससम्बन्धी विभिन्न विषयमा बृहत् छलफल हुनुका साथै सीपको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञबाट प्रस्तुतिसमेत हुने बताए । 

मेलमा आफ्नो क्षमताअनुसारको कामका लागि कम्पनीहरुसँग सम्पर्क तथा छलफल गर्न सकिने उनले बताए । अधिकारीले मेलामा कर्पोरेट हाउस, नवप्रवर्तन शैक्षिक संस्थाका विद्यार्थीहरु, सेवा तथा उत्पादनमुलक उद्योगहरु, निजी, सार्वजनिक तथा सरकारी अधिकारीहरु समेत गरी ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा रहेको बताए । 

परिसंघले मेलाबाट बजारमा सीपको उपलब्धता र सीपको आवश्यकताबीचको अन्तर बुझ्दै सम्भावित कर्मचारी र रोजगारदाताबीचको खाडल कम हुने विश्वास व्यक्त गरेको छ ।  

सरकार तथा अन्य सरोकारवालालाई रोजगारदाता र रोजगारीको खोजीमा रहेकाहरुको आवश्यकता कम हुने र नेपालमा विश्वस्तरीय जनशक्ति, सिर्जना गर्न नीति र पाठ्यक्रमको आवश्यकताको समेत पहिचान हुने विश्वास लिएको छ । 





  • प्रकाशित मिति : साउन २४, २०७९ मंगलबार १९:३७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया