अछाममा ४ हजार ८० मतदाता थपिए

आगामी मंसिर ४ गते तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अछाममा ४ हजार ८० मतदाता  थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय अछामका अनुसार असारबाट सुरु भएको मतदाता नामावली सङ्कलन कार्य अन्तर्गत अछाममा २ हजार २ सय ७० जना पुरुष तथा १ हजार ८ सय १० महिला गरी कूल  ४ हजार ८० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गजेन्द्र प्रकाश थारूका अनुसार  स्थानीय तहको निर्वाचनपछि जिल्लामा मतदाता नामावली दर्ताका लागि सर्वसाधारणको भिड लागेको थियो ।

मतदाता नामावली दर्ताका लागि सर्वसाधारण गाडी रिजर्भ गरेरै पालिका र सदरमुकामसम्म पुगेका थिए । साउन १९ गते सरकारले आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको  मिति घोषणा गरेपछि साउन २० गतेबाट  मतदाता नामावली सङ्कलन कार्य बन्द भएको थियो ।

उनका अनुसार हाल ८२ हजार २ सय ५१ महिला, ७८ हजार १ सय ७ पुरुष र २ अन्य गरी कुल मतदाता १ लाख ६० हजार ३ सय ६० पुगेका छन् । जिल्लामा मतदान स्थल १ सय ३० तथा मतदान केन्द्र २०७ रहेको निर्वाचन कार्यालय अछामले जनाएको छ । 





  • प्रकाशित मिति : साउन २५, २०७९ बुधबार ९:१३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया