जिम गर्दा बेहोस भए भारतीय हास्य कलाकार राजु श्रीवास्तव, अस्पताल भर्ना

चर्चित हास्य कलाकार राजु श्रीवास्तव बुधबार दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना भएका छन् । जिममा कसरत गर्ने क्रममा राजु श्रीवास्तव अचानक बेहोस भएको बताइएको छ ।

त्यसपछि उनलाई दिल्ली एम्समा भर्ना गरिएको हो । यसको पुष्टि गर्दै उनका पीआर हिमांशु झुनझुनवालाले स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको बताए ।

राजु श्रीवास्तवका नजिकका साथी सुनील पालले उनलाई बुधबार बिहान हृदयाघात भएको बताएको बीबीसी हिन्दीले जनाएको छ । त्यसपछि उनलाई एम्स अस्पताल लगिएको थियो । अहिले उनको स्वास्थ्य अवस्थामा सुधार आएको बताइएको छ । यसै क्रममा एम्सका पीआरओले राजु श्रीवास्तवलाई एम्सको आपतकालीन अवस्थामा भर्ना गरिएको बताएको बिबिसीले जनाएको छ ।

राजु श्रीवास्तवले 'द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज' बाट सबैभन्दा धेरै चिनिएका थिए । स्टेज शोबाहेक उनले केही चलचित्रमा पनि अभिनय गरेका छन् । जसमा 'मैने प्यार किया', 'बाजीगर', 'प्रेम की दिवानी', 'आम्दानी अथानी खर्च रुपैयाँ' जस्ता चलचित्रहरू पर्छन् ।





  • प्रकाशित मिति : साउन २५, २०७९ बुधबार १६:४४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया