एकीकृत समाजवादीले बनायो घोषणापत्र तयारी समिति

नेकपा एकीकृत समाजवादीले ४ मंसिरमा हुने संघ र प्रदेशको चुनावका लागि घोषणा पत्र तयार पार्न र उम्मेदवार छनोटको मापदण्ड निर्धारणका लागि समिति तयार गरेको छ ।

बुधबार पार्टी कार्यालय आलोकनगरमाा बसेको सचिवालयको बैठकले घोषणापत्र तयार गर्न नेताहरू प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेललाई जिम्मेवारी दिएको छ ।

बैठकले उम्मेदवार छनोटको मापदण्ड र विधिबारे प्रस्ताव तयार पार्ने जिम्मेवारी महासचिव वेदुराम भुसाललाई दिएको छ । निर्वाचन आयोगमा दल दर्ता गराउने जिम्मेवारी उपमहसचिव गंगालाल तुलाधरलाई दिइएको छ ।

निर्वाचनसम्बन्धी निर्देशिका तयार गर्ने जिम्मा पार्टीको कानुन विभागलाई दिइएको छ ।





  • प्रकाशित मिति : साउन २५, २०७९ बुधबार १८:४५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया