प्रचण्डले भने - राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिला नहुनु पर्थ्यो

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पाँचदिने जापान भ्रमण सकेर स्वदेश फर्किएका छन् । नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा शुक्रबार राति जापान गएका प्रचण्ड आज स्वदेश फर्किएका हुन् । 

प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री जनार्दन शर्मा लगायतले स्वागत गरेका थिए ।

विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले फोहोर व्यवस्थापनका लागि जापानसँग सहयोग माग गरेको बताएका छन् । उनले जापान फोहोर व्यवस्थापनमा संसारकै अग्रणी रहेको दाबी गर्दै नेपालमा फोहोरलाई व्यवस्थापनका लागि सहयोग माग गरेको बताए । 

'फोहोर व्यवस्थापनमा संसारकै अग्रणी रहेछ जापान । कहीँकतै फोहोर भन्ने देखिँदैन्, सबै व्यवस्थापन । फोहोर व्यवस्थापनका लागि तत्काल हामीलाई सहयोग चाहियो भन्ने कुरा पनि हामी गर्‍यौँ' उनले भने । 

प्रचण्डले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुन ढिलाइ भएकामा असन्तुष्टि जनाएका छन् । उनले राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण गर्न ढिला नहुनु पर्ने बताए । 

‘मैले हिजो जापानमा पनि पत्रकारसँगको अन्तरक्रियामा भनेको थिएँ । राष्ट्रपतिजीले त्यो विधेयक रोक्नुहुन्न भन्ने मलाई लाग्छ । र, राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण गर्न ढिला नहुनु पर्थ्यो,’ उनले भने ।



उनले आफ्नो चीन भ्रमणबारे कुरा भइरहेको तर निश्चित नभएको बताए ।

प्रचण्ड २१ साउनमा जापान भ्रमणमा गएका थिए । प्रचण्ड जापानका कार्यक्रममा सहभागी भएका थिए । प्रचण्डले शनिबार जापानको फुकुओकामा नेपाल फेस्टिभलको उद्घाटन गरेका गरेका थिए भने आइतबार हिरोसिमाको पनि भ्रमण गरेका थिए ।



  • प्रकाशित मिति : साउन २५, २०७९ बुधबार १८:५०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया