वामपन्थी पार्टीसँग एकता गर्नेबारे छलफल भइरहेको छ : देवेन्द्र पौडेल
फाइल तस्वीर

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तोकिएकै समयमा प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन सम्पन्न हुने बताएका छन् ।

मन्त्री पौडेलले आज हेटौँडामा प्रेस सेन्टर मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा चुनावमा हारजित जसको भए पनि लोकतान्त्रिक प्रणाली स्थापित गर्न तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु प्रमुख लक्ष्य भएको बताए । 

नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्यसमेत रहेको उनले निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा निर्वाचन आयोगमार्फत आवश्यक तयारी भइरहेको जानकारी दिए । निर्वाचन निष्पक्ष, धाँधलीरहित र भयरहित वातावरणमा सम्पन्न हुने उनको भनाइ थियो । 

मन्त्री पौडेलले स्थानीय तहको निर्वाचनको नतिजालाई समीक्षा गर्दै सङ्गठनात्मक र वैचारिक रूपमा नयाँपन ल्याएर निर्वाचनमा सहभागी हुने उल्लेख गरे ।

पौडेलले वामपन्थी पार्टीसँग एकता गरिने र समाजवादी केन्द्र बनाउने विषयमा समेत छलफल भइरहेको बताए । मन्त्री पौडेलले तीनै तहको सरकार स्थापित नहुञ्जेल गठबन्धन कायमै रहने प्रस्ट पारे ।





  • प्रकाशित मिति : साउन २५, २०७९ बुधबार १९:२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया