परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षीबीच भेटवार्ता

तीनदिने चीन भ्रमणका रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ सकमक्षी वाङ यीबीच भेटवार्ता भएको छ । येल्लो सी रहेको तटीय सहर छिङ्दाओमा परराष्ट्रमन्त्री खड्काले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका हुन् । 

भेटवार्ता सौहार्दपूर्ण र फलदायी भएको बताइएको छ । दुई मन्त्रीले नेपाल(चीन सम्बन्धका विविधि पक्षका विषयमा छलफल भएको र पारस्परिक हितका विषयमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

परराष्ट्रमन्त्री खड्का बुधबार राति हिमालय एयरलाइन्सको चार्टर्ड विमानबाट बेइजिङबाट करिब दुई घन्टाको उडानबाट पुगिने छिङ्दाओ सहरमा ओर्लिएका हुन् । 

चिनियाँ विदेशमन्त्री वाङ यीबाट निमन्त्रणा पाएको नौ महिनापछि परराष्ट्रमन्त्री खड्का उत्तरी छिमेकीको औपचारिक भ्रमणमा निस्केका हुन् । 





  • प्रकाशित मिति : साउन २५, २०७९ बुधबार २०:८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया