उम्मेदवार छनोट मापदण्डको जिम्मा वेदुराम भुसाललाई दिने नेकपा एसको निर्णय
फाइल तस्वीर

नेकपा एकीकृत समाजवादीले आगामी संघीय निर्वाचन लक्षित गर्दै चार निर्णय गरेको छ । 

आज बसेको एकीकृत समाजवादीको ३४ औं सचिवालय बैठकले घोषणापत्र मस्यौदा तयार गर्ने लगायतको जिम्मेवारी दिएको छ । 

पार्टीको तर्फबाट आगामी निर्वाचनका लागि जारी गर्ने घोषणापत्र मस्यौदा गर्न उपमहासचिव प्रकाश ज्वाला, गंगालाल तुलाधर र डा विजय पौडेललाई दिने निर्णय गरेको छ । 

त्यस्तै प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवार छनोट गर्ने मापदण्ड एवं निर्णय प्रकृयाका सम्बन्धमा प्रस्ताव तयार गरी अर्को बैठकमा पेस गर्न महासचिव वेदुराम भुसाललाई जिम्मा दिन निर्णय गरेको छ । 

तेस्रो निर्वाचन निर्देशिका मस्यौदा तयार गर्न निर्वाचन विभागलाई जिम्मेवारी दिएको छ । 

त्यसै गरि बैठकले दल दर्ता सम्बन्धी आवश्यक काम गर्न उपमहासचिव गंगालाल तुलाधरलाई जिम्मा दिने निर्णय गरेको छ ।





  • प्रकाशित मिति : साउन २५, २०७९ बुधबार २०:५३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया