भारतीय कमेडियन राजु श्रीवास्तवलाई हृदयाघात

चर्चित भारतीय कमेडियन राजु श्रीवास्तवलाई हृदयाघात भएको छ। बुधबार हृदयाघातपछि उनलाई अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्सेस, दिल्लीमा भर्ना गरिएको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार जिममा भएका बेला उनलाई हृदयाघात भएको हो। उनी ट्रेडमिलमा दौडिरहेका बेला बेहोस भएका थिए। 

तत्कालै उनका प्रशिक्षकले अस्पताल लगेर इमरजेन्सीमा भर्ना गराएका थिए । उनलाई दुईपटक सिपिआर दिइएको थियो।

उनी अहिले चिकित्सकहरूको निगरानीमा रहेको बताइएको छ। ५८ वर्षीय श्रीवास्तव चर्चित कमेडियन हुन्। 





  • प्रकाशित मिति : साउन २५, २०७९ बुधबार २१:४५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया