रामबाबु गुरुङको ‘फूलबारी’ मा बाबु र छोराबीचको सम्बन्धको कथा

प्रायः कमेडी जनराका फिल्महरू निर्देशन गरिरहेका निर्देशक रामबाबु गुरुङले सोसल ड्रामा ‘फूलबारी’ निर्देशन गर्ने भएका छन् । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । 

यशोदा फिल्म्स्ले निर्माण गर्ने फिल्ममा विपिन कार्की, दयाहाङ राई, मिरुना मगर, अरुणा कार्की, सिर्जना सुब्बा, सोमनाथ खनाल, प्रियंका कार्कीलगायतको अभिनय रहने छ । 

बाबु र छोराबीचको सम्बन्धको कथा भन्ने सामाजिक कथावस्तुमा तयार हुने फिल्मको छायाङ्कन भदौ पहिलो साताबाट सुरु हुनेछ । कमल किशोर माल पानीको कथालाई उपेन्द्र सुब्बाले लेखेका हुन् । फिल्मका निर्माता मनिष ढकाल हुन् । कमलले आफूहरू राम्रो र स्तरीय फिल्म निर्माण गर्न यस क्षेत्रमा भित्रिएको बताए । ‘नेपाली फिल्मको राम्रो बजार छ । हामी स्तरीय फिल्म दर्शकसम्म पुर्‍याउन चाहन्छौँ । हामी कति लाग्छ तर्फ ध्यान नदिएर दर्शकलाई एउटा स्तरीय फ्याम्ली ड्रामा दिन चाहन्छौँ,’ उनले भने । 

निर्देशक गुरुङले पनि आफू कथावस्तु प्रति विश्वस्त भएकै कारण फिल्म निर्देशन गर्न लागेको बताए । ‘पारिवारिक कथावस्तु हो । यसमा सहजै दर्शक कनेक्ट हुनुहुनेछ । र, भूमिका अनुसारको पात्र मैले पाएको छु,’ उनले भने । फिल्ममा अभिनय गर्न पाउँदा विपिन निकै उत्साहित छन् । आफ्नो उमेरभन्दा बढी उमेरको देखिन तयार हुनुको कारण कथा नै भएको उनले बताए । 

‘फिल्मले डिमान्ड गरेको क्यारेक्टरअनुसार म फिल्म गर्न तयार भएको हुँ । म कस्तो छु भन्ने भन्दा पनि मेरो क्यारेक्टर फिल्ममा देखिनुपर्छ । त्यसैले जीवन्त बनाउने मेरो प्रयास रहने छ,’ उनले भने । दया फिल्ममा महत्त्वपूर्ण भूमिकामा छन् । यद्यपि उनको रोल छोटो नै छ । उनले आफ्नो भूमिकाको बारेमा खुलाएनन् । यस अगाडि निर्देशक गुरुङले ‘पुरानो डुंगा’ सोसल ड्रामा जनरामा तयार गरेका थिए । 

यस पटक अघिल्लो फिल्महरूको अनुभवले प्रोजेक्टलाई राम्रो बनाउन मद्दत गर्ने निर्देशक गुरुङ बताउँछन् । फिल्मलाई अमेरिकी प्राविधिक जोस हेरमले छायाङ्कन गर्नेछन् । चलचित्रमा कालीप्रसाद बास्कोटा र अनुपम शर्माको सङ्गीत हुनेछ । 





  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार १२:४१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया