हालै पारित भएको वन नियमावली २०७९ ले को विरोधमा सामुदायिक वन उपभोक्ता महासंघले काठमाडौंमा प्रदर्शन गरेको छ । उक्त नियमावलीले उपभोक्ता समितिको अधिकार जिल्ला वनले लिएको भन्दै यो नियमावली तत्काल खारेजी हुनुपर्ने उनीहरुको माग छ ।
‘वन नीतिविपरीत वन नियमावली २०७९ खारेज गर’, ‘सामुदायिक वनमाथि लगाइएको नयाँ नियमावली खारेज गर’, ‘संघीयता विपरीत वन नियमावली खारेज गर’ जस्ता नाराहरू लगाएका छन् ।
माइतीघरबाट सुरु भएको नाराबाजीसहितको प्रदर्शन नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।