राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले विवाह गरेको भोलिपल्ट नागरिकता दिने वैवाहिक अंगीकृतसम्बन्धी व्यवस्था राष्ट्रपहित विपरीत रहेको बताएका छन् ।
‘संसदले पारित गरेको नागरिकता विधेयक अधुरो र विवादस्पद छ,’ थापाले आज सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘विवाह गरेर ल्याएको भोलिपल्ट नागरिकता दिन सकिने वैवाहिक अंगीकृतसम्बन्धी व्यवस्था राष्ट्रहित विपरीत र आपत्तिजनक छ ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता संशोधनसम्बन्धी विधेयक पुनर्विचारको लागि फिर्ता पठाउनु देशको लागि हित हुनेसमेत उनले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।