विश्वविद्यालयले विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा जोड दिनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयले विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । 

बिहीबार काठमाडौंमा नेपाल प्राध्यापक संघले आयोजना गरेको ‘६० औँ वार्षिक दिवस/हीरक महोत्सव’ तथा ‘नेपालमा उच्च शिक्षा अवस्था र चुनौती विषयक गोष्ठी’ मा बोल्दै प्रधानमन्त्री देउवाले विश्वविद्यालयले विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने शैक्षिक जनशक्ति उत्पादन गर्नुपर्ने बताएका हुन् । 

उनले कुनै देशको विकास त्यस देशको शिक्षाको गुणस्तरले मापन गर्ने बताए । उनले विश्वविद्यालयले अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भइरहेको नयाँ ज्ञान र प्रविधिलाई आफ्नो पाठ्यक्रममा समावेश गरी दक्ष जनशक्ति बनाउन जोड दिनुपर्ने बताए । 

उनले भने, ‘विश्वविद्यालयका समस्या, चुनौतीहरूलाई आपसी संवाद र समस्याको समाधान गर्ने कुरामा जोड दिन चाहन्छु । यसमा प्राध्यापक संघको पनि आवश्यक भुमिकाको अपेक्षा गर्दछु । कुनै पनि मुलुकको विकास त्यस देशको शिक्षाको गुणस्तरले मापन गर्दछ । विश्वविद्यालयहरूले राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भइरहेको नयाँ ज्ञान र प्रविधिलाई आफ्नो पाठ्यक्रममा समावेश गरी विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने शैक्षिक जनशक्ति उत्पादनमा जोड दिनुपर्दछ ।’

उनले विश्वविद्यालयको शैक्षिक गुणस्तरलाई प्रतिष्पर्धा बनाउन प्राध्यापकहरू प्रयत्नशील हुनु आवश्यक रहेको उल्लेख गरे । प्रधानमन्त्री देउवाले उच्च शिक्षालाई अनुसन्धानमूलक, जीवनोपयोगी, रोजगारमूलक बनाउनुपर्नेमा जोड दिए । 

उनले भने, ‘विश्वविद्यालयको पठन–पाठनलाई गुणस्तरीय, समसामयिक, प्रविधिमैत्री हुनेगरी अघि बढाउने मुल जिम्मेवारी पाएका प्राध्यापकले उच्च शिक्षालाई अनुसन्धानमूलक, जीवनोपयोगी, रोजगारमूलक बनाउने, देश र जनताको हीतमा आफूलाई अझ समर्पित गर्दै लानुहुनेछ भन्ने अपेक्षा छ ।’
उनले विश्वविद्यालयका समस्यालाई आपसी संवादमा समाधान गर्नुपर्ने बताए ।





  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार १७:३२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया