तिब्बतमा कोभिड संक्रमण दर बढेको भन्दै तातोपानी नाका बन्द भएपछि तीन दिनबाट सो नाकाबाट चिनियाँ सामान आयात रोकिएको छ ।
तिब्बतमा कोभिड संक्रमण दर बढेको भनिए पनि अब कहिले खुल्नेबारे केही जानकारी नआएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताए । बुधबारदेखि चीनबाट सामान आयात नभएको उनले जानकारी दिए ।
तिब्बतमा कोभिड संक्रमण बढेर आयात रोकिएको भन्ने आफूलाई जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि तिवारीले बताए । ‘खासा क्षेत्रमा ५८ जना कोभिड संक्रमित भेटिएको खबर आएको छ’ प्रजिअ तिवारीले भने ।
सो नाकाबाट स्याउ, मेसिनरी उपकरण, रोल कपडालगायत चिनियाँ सामग्री दैनिक ४ देखि ८ कन्टेनर नेपाल आयात हुँदै आएको थियो ।
जुरे पहिरो, भूकम्प, बाढीपहिरो, कोरोना महामारीलगायत विपद्का कारण सो नाका बन्द हुने र खुल्ने क्रम चल्दै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।