कैलालीमा गाउँ–गाउँ गएर ठगी गर्ने महिला पक्राउ
फाइल तस्वीर

कैलाली प्रहरीले ठगीको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । जिल्लाको टीकापुर नगरपालिकाका विभिन्न गाउँमा पैसा असुलेको आरोपमा बिहिबार २४ वर्षीया कविता थारुलाई पक्राउ गरिएको हो ।

उनी बर्दियाको राजापुर नगरपालिका–१० खैरीचन्दनपुरकी बासिन्दा रहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।  उनीमाथि विद्यार्थीका अभिभावकबाट ५ सय असुलेको आरोप छ । 

थारूले सोबापत विद्यार्थीलाई पोशाक, कापीकलम, झोला लगायतका सामान उपलब्ध गराउने आश्वासन दिएकी थिइन् । गुड नेवर्स नामक संस्थामा काम गर्ने बताउने उनले पदमपुरमा ७७ जना, वनगाउँमा ८७ जना, फाँटामा ६६ जना र झुँगामा ७४ जनाबाट जनही ५०० का दरले १ लाख ५२ हजार रुपैयाँ संकलन गरेकी छन । गुड नेवर्सका कैलाली/बर्दिया इञ्चार्ज रञ्जित चौधरीले घटनामा संलग्न महिला आफ्नो संस्थासँग आवद्ध नरहेको दावी गरेकी छन् ।

प्रहरीले वैशाख र जेठ महिनामा समेत उनले धेरै अभिभावकबाट पैसा संकलन गरेको हुनसक्ने बताएको छ । ठगी गरेको भन्दै ४ जनाले उजुरी दिएको आधारमा थारुलाई पक्राउ गरिएको  इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार कविता थारूलाई सन्तोष पाण्डे भनिने व्यक्तिले उक्त कार्यमा संलग्न गराएको खुलेको छ । पाण्डेको खोजी भइरहेको र थारुमाथि जिल्ला अदालत कैलालीले ६ दिनको म्याद थपेर अनुसन्धान गर्न आदेश दिएको प्रहरी नायब उपरीक्षक शाहीले बताए ।





  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार २०:५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया