सरकार निजी क्षेत्रसँग पूर्ण विश्वासका साथ काम गर्न तयार छ : मन्त्री बडू

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकार निजी क्षेत्रसँग पूर्ण विश्वासका साथ काम गर्न तयार रहेको बताएका छन् ।

बिहीवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच भएको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रसँगको सहकार्य गर्दै अहिलेको आर्थिक अवस्थालाई सरकारले सुधार गर्न चाहेको बताएका हुन् ।

मन्त्री बडूले सरकारले आफ्नो सीमाभित्र रहेको सकेको सहयोग गर्न तयार रहेको बताए ।  मुलुकको समग्र उत्पादनमा अभिवृद्धि गर्ने र गुणस्तरीय उत्पादन गर्ने कुरामा जोड दिनपर्ने पनि उनको जोड थियो । उनले अहिले सञ्चालनमा आएका उद्योगहरु पनि पूर्णरूपमा सञ्चालन हुन नसकेको भन्दै औद्योगिक क्षेत्रलाई पूर्ण रुपमा चलाउन आवश्यक रहेको बताए ।  

मन्त्री बडूले निजी क्षेत्रको लगानी सुरक्षित गर्ने कुरामा सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे । उनले सरकार सदैव निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको भन्दै नीजी क्षेत्रले पनि देश विकासको लागि सरकारसँग मिलेर काम गर्न तयार रहन आग्रह गरे ।

उनले विश्वासका साथ सहकार्य गर्न र अघि बढ्नु अहिलेको अपरिहार्य आवश्यक्ता भएको बताए ।





  • प्रकाशित मिति : साउन २७, २०७९ शुक्रबार १०:४१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया