राष्ट्रपति भवन अगाडि आत्मदाह प्रयास गरेकी निहारिका अस्पताल भर्ना
फाइल तस्वीर

राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास गरेकी 'कुमारी आमा' भनेर चिनिने निहारिका राजपुतलाई अस्पताल भर्ना गरिएको छ । प्रहरीले उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरेको हो । 

राष्ट्रपति भवन शीतल निवास अगाडी शुक्रबार दिउँसो राजपुतले आफ्नो शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेकी थिइन् । 

आफूलाई बलात्कार गर्ने दोषीलाई कारबाही, दोषी र बलात्कारबाट जन्मेको छोराको डीएनए परीक्षणसहितको माग राखेर दोस्रोपटक एक सातादेखि आमरण अनशन बसेकी उनले शुक्रबार दिउँसो आत्मदाहको प्रयास गरेकी हुन् । 

आफूले न्याय नपाएको भन्दै केही दिनयता उनले राष्ट्रपति भवन अगाडि गएर आत्मदाह गर्ने बताउँदै आएकी थिइन् । उनको आत्मदाह प्रयासलाई सुरक्षाकर्मीले असफल बनाएका थिए । 

त्यसपछि प्रहरीले निहारिकालाई स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगेको हो । आफू १७ वर्षको हुँदा एक युवकले बतात्कार गरेको र सोही बलात्कारबाट छोरा जन्मिएको भन्दै उनले दोषीलाई कारबाहीको माग राखेर दोस्रोपटक आमरण अनशन बसेकी हुन् । 

महोत्तरी जलेश्वर नगरपालिका ९ की निहारिकाले जिल्ला अदालतबाट दोषीलाई सफाइ दिएपछि उच्च अदालत जनकपुरमा पुनरावेदन दिएकी छन् । तर, मुद्दा विचाराधीन छ । जसकारण आफूले न्याय पाउन नसकेको र पीडित खुलमखुला हिँडेको भन्दै कारबाहीको माग राखेर उनी काठमाडौं आएर अनशन बसेकी हुन् । 



यसअघि उनको अनशन तोडाउन सरकारले ५ बुँदे सहमति गरेको थियो । तर, सहमति कार्यान्वयन नभएपछि दोस्रोपटक यही २० साउनदेखि आमरण अनशन बसेकी हुन् । गत ३ असारमा  गृहमन्त्री बालकृष्ण खाणकै उपस्थितिमा ५ बुँदे सहमति गरेर उनले अनशन तोडेकी थिइन् । 



  • प्रकाशित मिति : साउन २७, २०७९ शुक्रबार १९:३१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया