‘दसौँ राष्ट्रिय इन्जिनियरिङ प्रदर्शनी सुरु

काठमाडौं– पुल्चोक इन्जिनियरिङ क्याम्पसमा ‘मेकानिकल इन्जिनियरिङ’ विषयमा अध्ययनरत विद्यार्थीको आयोजनामा शुक्रबारदेखि ‘दसौँ राष्ट्रिय मेकानिकल इन्जिनियरिङ प्रदर्शनी’ सुरु भएको छ । 

नेपालमा ‘मेकनिकल इन्जिनियरिङ’ क्षेत्रमा विकास भएका प्रविधिका बारेमा विद्यार्थी र सर्वसाधारणलाई जानकारी दिन सो प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि सचिव कृष्णराज बिसीले उनले यस्ता प्रदर्शनीले विद्यार्थीलाई प्रोत्साहन गर्ने बताए । 

उनले भने, ‘विज्ञान र प्रविधि विकासका क्षेत्रमा लाग्ने युवालाई उत्साहित गर्न थप कार्यक्रम ल्याउने मन्त्रालयको योजना छ ।’ तीन दिनसम्म चल्ने सो प्रदशर्नीमा विद्यालय तहदेखि स्नातक तहसम्मका विद्यार्थीलाई सहभागी गराउने उद्देश्य रहेको समाजका अध्यक्ष विकास कुँवरले बताए । 

प्रदर्शनीमा ५० कक्ष छन् । आइतबारसम्म चल्ने सो प्रदर्शनीमा काठमाडौं उपत्यका तथा बाहिरका इन्जिनियरिङ विषयका विद्यार्थीको सहभागिता रहेको छ । 





  • प्रकाशित मिति : माघ ११, २०७५ शुक्रबार २१:३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया