कांग्रेस नेता सिंहले महन्थ ठाकुरविरुद्ध महोत्तरी–३ बाट उम्मेदवारी दिने

नेपाली कांग्रेसका युवा नेता कृष्णा सिंहले महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । 

आगामी ४ मंसिरका लागि तय भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा युवा नेता सिंहले प्रतिनिधिसभातर्फ लोसपाका अध्यक्ष महन्थ ठाकुरविरुद्ध महोत्तरी निर्वाचन क्षेत्र–३ बाट उम्मेदवारी दिने घोषणा गरेका हुन् । 

आफ्नो उम्मेदवारी घोषणा गर्दै नेता सिंहले भने, ‘मेरो उम्मेदवारी कसैको विरुद्ध वा चर्चा कमाउनका लागि हो भन्ने भ्रममा कोही नपर्नुहोला ।’

करिब दुई दशक लामो राजनीतिक यात्राको क्रममा आफूले कहिल्यै पनि पदको लोभ नगरेको बताउँदै नेता सिंहले आफ्नो सरल स्वभावका कारण चुनाव जित्ने दाबी गरे । 

उनले भने, ‘मेरा कयौँ सहकर्मी मन्त्री बने र अधिकांश कार्यकर्ताले राजनीतिक नियुक्ति पाए । विद्यार्थी आन्दोलन, मधेस आन्दोलनलगायत विभिन्न परिवर्तनकारी मोर्चामा मेरो सक्रिय भूमिका रहँदै आएको सर्वविदित नै छ । त्यसैले म उम्मेदवारी दिन्छु ।’

उनले आफ्नो उम्मेदवारी समयको माग रहेको र यो परिवर्तनको पक्षमा रहनेसमेत दाबी गरे । 





  • प्रकाशित मिति : साउन २८, २०७९ शनिबार १५:१२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया