भ्यान दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

रुकुम पूर्वमा प्रहरी भ्यान दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ । शनिबार बिहान ११ बजे पुथाउत्तरगंगा गाउँपालिका–११, तल्लो सेरानजिकै लु१झ ६६० नम्बरको भ्यान दुर्घटना भएको थियो ।

दुर्घटनामा परी रोल्पा घर भएका प्रहरी जवान लक्ष्मण पुनको मृत्यु भएको हो । दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरी नायव उपरीक्षक रुकुम पूर्व गणका प्रमुख रवीन्द्र श्रेष्ठ घाइते भएका छन् ।

दुर्घटनामा भ्यान चालक कुमारसिंह डाँगी, प्रहरी जवान सन्तोष बुढा मगर र इन्द्र घर्ती घाइते भएका छन् । घाइतेमध्ये डिएसपी श्रेष्ठ, हवल्दार डाँगी र प्रहरी जवान बुढालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत कोहलपुरस्थित शिक्षण अस्पताल पुर्याइएको छ ।

जनपद प्रहरीका डिएसपी प्रकाश डाँगी र प्रहरी जवान घर्तीलाई अस्पता लैजाने गरी व्यवस्था मिलाइएको छ । बिहान जिल्ला सदरमुकाम रुकुमकोटबाट प्रमुख जिल्ला अधिकारी सहितको टोली तकसेरातर्फ गएको थियो । 

अनुगमन तथा नियमित कामको सिलसिलामा गन्तव्यमा पुग्न केही मिनेटको दूरीमा उक्त दुर्घटना भएको हो । दुर्घटनापछि उक्त भ्यान सडकभन्दा झण्डै सय मिटर तल पुगेको थियो । 





  • प्रकाशित मिति : साउन २८, २०७९ शनिबार १८:१७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया