शेखर कोइरालालगायतलाई युवाहरूले दिए यस्तो सुझाब

नेपाली कांग्रेसका युवा नेताहरूले शेखर कोइराला समूहलाई रचनात्मक विद्रोह गर्न सुझाब दिएका छन् । शनिबार शेखर समूहका युवा नेताले ध्यानाकर्षणपत्र बुझाउँदै रचनात्मक विद्रोह गर्न सुझाब दिएका हुन् ।

भ्रातृ संस्थामा सभापति शेरबहादुर देउवाले आफू अनुकूलका व्यक्तिलाई मनोनयन गरेको भन्दै शेखर समूहका युवाहरूले असन्तुष्ट जनाएका हुन् । देउवा एकलौटी चल्दा पनि आफ्नो समूहका नेताहरूले त्यसविरुद्ध ठोस कदम नचलाएको आरोप शेखर पक्षका युवाको रहेको छ ।

युवा नेताहरूले नेताहरु धनराज गुरुङ, गगन थापा, अर्जुननरसिंह केसी, डा. रामशरण महत, बलबहादुर केसी, सहमहामन्त्रीद्वय बद्री पाण्डे, जीवन परियार, पूर्व केन्द्रीय सदस्य हृदयराम थानी र नेविसंघका पूर्व अध्यक्ष गुरुराज घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

ध्यानाकर्षण बुझाउनेमा निरञ्जन थापा, लक्ष्मी दाहाल, पुष्कर बास्तोला, विष्णु खड्का, ई.अमृत ज्ञवाली, पेम्बा शेर्पा, ई.सागर पाण्डे, विश्व लामा र अधिवक्ता कौशिला गुरुङलगायत छन् ।






  • प्रकाशित मिति : साउन २८, २०७९ शनिबार २१:१५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया