प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिँदै मधेसका गृहमन्त्री साह
फाइल तस्बिर

संघीय सरकारले समयमा प्रहरी समायोजन नगरेको भन्दै मधेस प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरत साह आजबाट धर्नामा बस्न लागेका छन् । प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रधानमन्त्रीलाई भेटेरै आग्रह गरेको र यसअघि समय सीमा दिँदै ज्ञापन पत्र पठाउँदा समेत ध्यान नदिएको भन्दै मन्त्री साह प्रदेश प्रमुखको कार्यालयमा धर्ना बस्न लागेका हुन् ।

मन्त्री साहले आफूले पटक पटक प्रहरी समायोजनका लागि भने पनि संघ सरकारले बेवास्ता गरेका कारण बाध्य भएर धर्ना बस्न लागेको बताएका छन् । उनले ५ वर्षमा प्रहरी समायोजन गर्न नसकेका कारण प्रदेशको सुरक्षा निकायबारे अन्यौलता रहेकाले धर्ना दिन लागेको बताए । 

मन्त्री साहले आज बिहान ११ देखि १ बजेसम्म प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिने बताइएको छ । धर्नामा मन्त्रीसहित सांसद र नागरिक समाजका अगुवाको पनि सहभागिता रहने छ । एक हप्ताभित्र पनि माग सम्बोधन नभए नेपाल सरकारविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरिने मन्त्री साहले बताए । 





  • प्रकाशित मिति : साउन २९, २०७९ आइतबार १०:४३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया