कर्णाली प्रदेशका उद्योग मन्त्री शाहीले लिए शपथ

कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाहीले पदभार सम्हालेका छन् । आइतबार कर्णाली प्रदेश प्रमुख तिलक परियारसँग शाहीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । सो अवसरमा मुख्यमन्त्री जीवनबहादुर शाही पनि उपस्थित थिए ।

माओवादी केन्द्र कर्णाली प्रदेश सभा सदस्य शाहीलाई शुक्रबार मुख्यमन्त्री शाहीले मन्त्री नियुक्त गरेका थिए । गैर सांसद कार्चेन लामाको कार्यकाल ६ महिना पूरा भएपछि उद्योग मन्त्रालय खाली थियो । 





  • प्रकाशित मिति : साउन २९, २०७९ आइतबार १२:२६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया