स्कोर्पियोको ठक्करबाट भारतीय नागरिकको मृत्यु

बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ मा आइतबार दिउँसो स्कोर्पियोको ठक्करबाट साइकल चालक युवकको घटनास्थलमै मृत्यु भएको छ ।  

पथलैया वीरगन्ज सडकखण्डमा रहेको महागढी पेट्रोल पम्पनजिकै दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ च ६२१० नम्बरको स्कोर्पियोले साइकललाई दिउँसो ३ः३५ बजेतिर ठक्कर दिँदा साइकल चालकको घटनास्थलमै ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार दुर्घटनामा परेर साइकल चालक भारत घर भई हाल पर्सा जिल्ला वीरगन्ज महानगरपालिका–३२ परसवा बस्दै आएका ४२ वर्षीया कनहाई साह तेलीको मृत्यु भएको हो ।

दुर्घटनालगत्तै स्कोर्पियो चालक पर्सा जिल्ला वीरगन्ज महानगरपालिका–२४ रामगढवा घर भएका २४ वर्षीय सञ्जय बैठालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : साउन २९, २०७९ आइतबार १८:१७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया