सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँट कार्यदललाई चाँडोभन्दा चाँडो कार्य सम्पन्न गर्नका लागि निर्देशन दिएको छ ।
आइतबार बालुवाटारमा बसेको बैठकले यस्तो निर्देशन दिएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उनले भने ' बैठक केही दिनअघि अगाडि बनेको सिट बाँडफाँट कार्यदललाई चाँडोभन्दा चाँडो कार्य सम्पन्न गर्नका लागि निर्देश गरेको छ ।'
गठबन्धनका शीर्ष नेताको बैठकले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदलमा कांग्रेसबाट गगनकुमार थापा, कृष्णप्रसाद सिटौला र ज्ञानेन्द्रबहादुर कार्की छन् भने नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र देव गुरुङ छन् ।
यसैगरी नेकपा (एकीकृत समाजवादी)बाट प्रमेश हमाल र बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदलमा रहेका छन् ।
समितिलाई साउन मसान्तभित्र तालमेलको मोडालिटी तय गर्ने जिम्मेवारी दिइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।