नागरिक समाजले काठमाडौंको फोहोर सिंहदरबारदेखि राष्ट्रपति कार्यालयसम्म पुर्याउने

स्वतन्त्र तथा नागरिक समाजले नेताहरुका घर–घर तथा सम्बन्धित कार्यालयको मूल गेटमा फोहर लगेर फाल्ने निर्णय गरेको छ । समाजका अगुवा तथा युवाहरुको आइतबारको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । 

काठमाडौं महानगरपालिकाले गर्ने फोहर व्यवस्थापनमा राजनीतिक पार्टी तथा तिनका भ्रातृ संगठनले अवरोध पुर्याएको भन्दै समाजले आज रातिबाट यस्तो अभियान चलाउने निर्णय गरेको हो ।  

स्वतन्त्र तथा नागरिक समाजका अगुवाले काठमाडौंबासीहरुलाई आफूनजिकै बास बस्ने विभिन्न पार्टीका नेताहरुको घर तथा कार्यालयको मूल गेटमा फोहर फाल्न अनुरोध समेत गरेको छ ।

समाजले सोमबार बिहान १० बजे सिंहदरबारअगाडि, ११ बजे संसद भवनअगाडि, १२ बजे प्रधानमन्त्री कार्यालयअगाडि र २ बजे राष्ट्रपति कार्यालयअगाडि फोहोर फाल्ने कार्यक्रम तय गरेको छ । 

 





  • प्रकाशित मिति : साउन २९, २०७९ आइतबार २१:४३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया