मार्शल टापुमा परीक्षण गरिएकामध्ये ७५ प्रतिशतमा देखियो कोभिड

प्रशान्त महासागरमा पर्ने ओशिआनियाको मार्शल टापुमा कोभिड–१९ संक्रमितको संख्या बढेको छ । राजधानी माजुरोमा शुक्रबारदेखि कुल संक्रमित झण्डै दोब्बर भएका छन् । हरेक १० जनामध्ये एक जनामा संक्रमण देखिएको विवरणहरूमा जनाइएको छ ।

परीक्षण गरिएकामध्ये ७५ प्रतिशतमा कोभिड पोजेटिभ देखिएको स्वास्थ्यमन्त्री ज्याक निडेन्थलले बताए । धेरै प्रशान्त टापुहरूले कडा प्रतिबन्धहरू मार्फत महामारीको सुरुमा कोरोनाभाइरसबाट जोगिन सफल भएका थिए । 

५९ हजार जनसंख्या भएको मार्शल टापुमा कोभिड–१९ सन् २०२० को सेप्टेम्बरसम्म कोभिड देखिएको थियो । अक्टोबरमा जम्मा दुई जनामा संक्रमण देखिएको थियो । संक्रमितहरू अमेरिकाबाट त्यहाँ पुगेका थिए र उनीहरुलाई आइसोलेसनमा राखिएको थियो । 





  • प्रकाशित मिति : साउन ३०, २०७९ साेमबार ८:४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया