सिरी ‘ए’ मा रोमाको कठिन जित

इटालियन सिरी ‘ए’ फुटबलमा रोमाले सेलेर्निटानालाई १–० ले पराजित गरेको छ । आइतबार राति भएको खेलमा रोमालाई जित दिलाउन बिर्यान कृस्टानले ३३ औं मिनेटमा निर्णायक गोल गरे । 

बाँकी समय दुवै टोलीले गोलका अवसर सृजना गरे पनि सदुपयोग गर्न सकेनन् । खेलमा यसै सिजन युभेन्टसबाट रोमा अनुबन्ध भएका पाउलो डिब्लाले डेब्यु गरे पनि गोलविहीन रहे । 

जितसँगै रोमाले पहिलो खेलबाट महत्वपूर्ण तीन अंक जोडेको छ । यस्तै, अन्य खेलमा स्पेजियाले इम्पोलीलाई १-० अन्तरले पराजित गर्‍यो ।

यता, लाजियोले बोलोग्नालाई २–१ र फिओरेन्टिनाले क्रेमोनेसलाई ३–२ अन्तरले हरायो । 





  • प्रकाशित मिति : साउन ३०, २०७९ साेमबार ९:२८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया